Latest Updates :

जब महिलाले सडकमै ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई पछारिन्


SHARE THIS POST :
ललितपुरको कुमारीपाटीमा कोरियन सप अगाडि विहीबार साँझ नो पार्किङमा बा १६ च २३५२ नम्बरको कार पार्किङ गरिएको थियो। नो पार्किङमा पार्किङ गरिरहेको सो कारका कारण त्यसक्षेत्र ट्राफिक जामले भरिएको थियो। ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरे सिठ्ठी बजाउँदै उक्त कार हटाउन आग्रह गरे।

तर चालकले अटेर गरेपछि घिमिरेले सवारी साधनको कागजात मागे। चालकले नयाँ गाडी भएका कारण कागजात आउन ढिलाइ भएको बताए। त्यसपछि घिमिरेले लाइसेन्स मागे।कार चालकले लाइसेन्स छैन भनेपछि घिमिरेले लाइसेन्स नभइ सवारी साधन चलाउन पाइदैँन, जावलाखेलस्थित ट्राफिक प्रहरी कार्यालय जाउँ भने, कारमा बसे। कुमारीपाटी हुदैँ जावलाखेलको आइरहेका बेला चालकले लगनखेलतर्फ कार फनक्क घुमाए।

कार घुमाएर ट्राफिक जवान घिमिरेलाई ओर्लन भने, त्यत्तिकैमा पछाडि बसेकी एक महिलाले घिमिरेलाई घाँटीमा अठ्याइन। हातपात गर्दै सडकबाट फुटपाथमा लगेर पछारिन।महिला कारमा बसिन। बर्दीमा नै प्रहरी कुटिएपछि एक मोटरसाइकल चालकले गाडी अघि बढ्न नदिने गरी बाइक रोके।चालकले फेरि ब्याक गरेर भाग्न खोजे। सर्वसाधारणले उनीहरुलाई घेरे। बर्दीमा प्रहरी कुट्ने भन्दै हप्काए। एकै छिनमा प्रहरी पुग्यो।

प्रहरीले उनीहरुलाई ललितपुर प्रहरी परिसर जावलाखेलमा लग्यो। प्रहरी कुट्ने महिला बानेश्वर बस्ने शोभा कार्की हुन्। अमेरिकामा बस्दै आएकी
नी आफन्त भेट्न नेपाल आएकी थिइन। चालक नुवाकोटका प्रकाश राईलाई पनि प्रहरीले पक्राउ गरेको छ।

ड्युटीमा रहेका प्रहरीमाथि हातपात गरेकोले उनीहरुलाई नियन्त्रणमा लिइएको ललितपुर ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेथुँले जानकारी दिए।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger