Latest Updates :

सुत्केरी श्रीमतीलाई कुटपीट गरी आँखा निकालेर तथा योनीमा नारी सम्म हात छिराएर यातना दिई बिभत्स तरिकाले हत्या


SHARE THIS POST :
धनकुटामा १५ दिने सुत्केरी श्रीमतिको बिभत्स तरिकाले हत्या गरेर फरार भएका एक ब्याक्तीलाई प्रहरीले पक्राउ गरी मंगलवार सार्वजनिक गरेको छ । सुत्केरी श्रीमति ३२ बर्षिया शान्ती राईलाई कुटपीट गरी बिभत्स तरिकाले हत्या गरेर फरार भएका धनकुटा नगरपालिका ८ चाम्जिवुङ्गका ३६ बर्षिय रस्त बहादुर राईलाई प्रहरीले पक्राउ पछि सार्वजनिक गरेको हो ।
उनले गत बिहिबार राति सुत्केरी श्रीमति शान्तिलाई कुटपीट गरी आँखा निकालेर तथा योनीमा नारी सम्म हात छिराएर यातना दिई बिभत्स तरिकाले हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिभूतिराज पाण्डेले बताए । श्रीमतिको हत्या गरी घरमा साना तिन छोरीमात्र छोडेर उनि फरार भएका थिए । फरार रहेका राईलाई सोमवार बिहान तांखुवा १ याक्चानाघाट नजिक जेठान जंग बहादुर चेम्जोङ्गको घरबाट प्रहरीले पक्राउ गरेको हो ।
उनि श्रीमतिको हत्या गरेर श्रीमतिकै माईला दाजु जंगबहादुरको घरमा सरण लिएर बसीरहेको अवस्थामा पक्राउ परेका हुन । ससुरालीपक्षबाट जानकारी आएपछि प्रहरी नायव निरिक्षक दिनेश अधिकारीको नेतृत्वमा गएको प्रहरी टोलीले उनलाई सुतिरहेको अवस्थामा बिहान करिव ४ बजे पक्राउ गरेको हो । पक्राउ गर्न खटिएको टोलीका प्रहरी सहायक निरिक्षक शिव शर्माका अनुसार बाहिनिको हत्या गरेर दाजुको घरमा पुगेका उनि ससुरालीघरमा ससम्मानका साथ राडीमा सुतिरहेका थिए । यता पक्राउ परेका राईले आफुलाई ‘धामी’ आएर अचेत जस्तो भएकाले श्रीमतिलाई बिभत्स तरिकाले हत्या गरेको स्वईकार गरेका छन । उनले झगडाको अन्य कारण नभएको दावी गरेका छन ।

घटनाको अनुसन्धानमा खटिएका प्रहरी निरिक्षक डम्बर बहादुर खड्काका अनुसार हत्या अघि श्रीमतिले लिम्बुजातिले मान्ने सत्यहाङ्ग धर्म लिएकी थिईन । श्रीमान भने आठपहरीयाका पुजारी थिए । श्रीमतिको आग्रहमा रस्तबहादुरले पुजारीको काम छाडेर सत्यहाङ्ग धर्मनै लिएका थिए । त्यसपस्चात उनलाई धामि जस्तो काम्ने लगायतका लक्षणहरु देखिने गरेको बुझिएको प्रहरी निरिक्षक खड्काले बताए । उनि बिरुद्ध जिल्ला अदालतमा कर्तब्य ज्यान मुद्धा दायर गरेर घटनाको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक बिमल बस्नेतले जानकारी दिए । आमाको हत्यापछि वावुपनि प्रहरी हिरासतमा भएकाले स–साना तिन छोरीको बिचल्ली भएको छ । अहिले १५ दिन, १ बर्ष र १० बषिया छोरी मामलीको सरणमा बस्दैआएका छन ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger