भैरहवाको भिम अस्पतालबाट निकालिएको शवयात्रामा सहभागीहरुले महिला हिंसा अन्त्य गर, दोषीलाई कडा कारवाही गर लगायतका नारा लगाएका थिए । भैरहवाका पत्रकारहरुको संस्था लुम्बिनी प्रेस क्लबको संयोजनमा निकालिएको शव यात्रामा भैरहवावासीको सहभागीता थियो । सुनकुमारीको उपचारमा आर्थिक संकलन अभियानसमेत चलाएका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का छोरा दिपेशसमेत तीन दिनदेखि भैरहवामै थिए र सोमबारको शवयात्रामा पनि सहभागी भए । आर्थिक अभावको कारण मृत्युवरण गरेकी सुनकुमारी नेपाली गत कात्तिक २८ गते भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
गत असोज २६ गते श्रीमानको कुटाईबाट घाइते भएकी सुनकुमारी नेपालीको आर्थिक अभावका कारण २३ दिनसम्म पनि प्रभावकारी उपचार भएको थिएन ।
घटनाबारे जानकारी पाएपछि लुम्बिनी प्रेस क्लबले सुनकुमारीको सम्पूर्ण उपचार खर्चको जिम्मा लिएपछि सहयोगी हातहरु जुट्दै गएका थिए । त्यसपछि रोल्पा निवासी उपराष्ट्रपति पासाङ पुत्र दिपेशले आफ्नो पहलमा संकलन भएको ३ लाख रुपैयाँ पीडित पक्षलाई हस्तान्तरण गरेका थिए । तर गत शनिबार सुनकुमारीको उपचारकै क्रममा निधन भयो ।
 
Post a Comment