Latest Updates :

पाचँ वर्षिया बालिकालाई बलत्कार गर्नेलाई बिच सडकमा लगेर कुटी-कुटी हत्या


SHARE THIS POST :
बलात्कारको अभियोगमा गाउँलेले कुटीकुटी हत्या गरेका छन् । सडकमा निकालेर स्थानीयबासीको हिंस्रक भीडले कुटीकुटी हत्या गरेको हो ।ती व्यक्तिलार्इ भी‌डले अपहरण गरेर ब्यस्त सडकमै कुटपिट गरी
भारतको नागाल्यान्ड राज्यको दिमापुर जिल्लास्थित जेलबाट एक कैदीलार्इ

जेल तोडेपछि बलात्कारको अभियोग लागेका ती व्यक्तिलार्इ भी‌डले अपहरण गरेर ब्यस्त सडकमै कुटपिट गरी झुण्ड्यार हत्या गरेका हुन् । बिहीबार अपरान्ह दिमापुर जेलमा सजाय काटीरहेका फरिद खानलार्इ भीडले कुटेर हत्या गरेको खबर डेली मेलमा प्रकाशित छ ।


सयौंको संख्यामा जम्मा भएको भीडले कानुन हातमा लिँदै दिमापुर सहरको केन्द्रीय कारागारमा घुसेर एक छात्राको बलात्कार अभियोगमा अघिल्लो महिना पक्राउ परेका उनलार्इ सडकमा निकालेको थियो ।

स्कुल र कलेजका विद्यार्थीसहितको करिब ४ हजारको भीडले उनलार्इ जेलबाट निकालेर सडकमा चार मार्इलसम्म घिसारेपछि झुन्डाएका थिए । उनलार्इ सडकमै नाङ्गै भएर सो भीडले बर्बर शैलीमा कुटपिट गरेपछि ज्यान गएको हो । उनलार्इ बलात्कार अभियोगमा जेल पठाइएपनि अदालतले दोषी ठहर गरिसकेको थिएन ।

उनीमाथि भीडले पत्थर र लाठी बर्साएको थियो । भीडले निरन्तर कुटेपछि उनको घटनास्थलमै ज्यान गएको हो । यो हमलालार्इ बलात्कारका घटनामाविरुद्द भारतभर मानिसमा बढेको आक्रोशका रुपमा लिइएको छ ।

सेकेन्ड ह्यान्ड कारको डिलर चलाउँदै आएका बंगलादेशी आप्रवासी ३५ वर्षीय फरिद खानमाथि गत फेब्रुअरी २३ र २४ तारिखमा एक २० वर्षीय नागा छात्रामाथि बलात्कार गरेको अभियोग लागेको थियो । २५ फेब्रुअरीमा गिरफ्तार भएका उनलार्इ त्यहाँस्थित तल्लो अदालतले न्यायिक हिरासतमा राख्न जेल पठाएको थियो ।

यसअघि पनि पटक पटक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । छात्रामाथि बलात्कार भएपछि त्यहाँका स्थानीय र विद्यार्थीले दोषीमाथि कारबाही माग गर्दै आन्दोलन थालेका थिए ।

सन् २०१२ मा दिल्लीमा सामूहिक बलात्कारमा परी ज्यान गुमाएकी एक युवतीमाथि बनाइएको वृत्त चित्रमाथि भारतले प्रतिवन्ध लगाउने निर्णयबारेमा केही दिनयता उग्ररुपमा विवाद भइरहेको छ। त्यही उग्र विवादकाबीच बलात्कारको अभियोग लागेका एक व्यक्तिमाथि मानिसको आक्रोश पोखिएको हो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger