भारतको हिमाचल प्रदेशको मन्डी जिल्लामा सिमस गाउँ छ । त्यहाँ रहेको सिमसा देवीको मन्दिरको भुइँमा सुत्ने निःसन्तान महिलाले सन्तान पाउने प्रसिद्धि छ । त्यसरी सुत्ने महिलालाई देवी माताले आफैं आएर आशीर्वाद दिनुहुने मान्यता छ । त्यसैले टाढाटाढाबाट निःसन्तान महिलाहरू यो विशेष भुइँमा सुत्न आउँछन् ।
सन्तानदात्री देवीको मन्दिर भनेर पनि यसको नाम प्रसिद्ध छ । यहाँ सलिन्दरा नवरात्र उत्सव मनाइन्छ जसको अर्थ हुन्छ सपनामा आउने । यस मन्दिरको भुइँमा सुत्दा देवीले सपनामा महिलालाई सन्तानको आशीर्वाद दिनुहुन्छ भन्ने विश्वास गरिन्छ ।
एजेन्सी

 
Post a Comment