Latest Updates :

सामान छोएकै निहुँमा नौ वर्षीय बालकमाथि कुटपिट


SHARE THIS POST :
म गोठाला गएकी थिएँ । बराहताल गाउँपालिका (साबिकको कुनाथरी–८) मा हाम्रो घर पर्छ । छिमेकमा ठकुरी समुदाय छ । बुधबारको घटना हो, छोरा भीमबहादुर घरमै थिए । उसलाई छिमेकी बाटु शाहीका छोरा चक्रबहादुरले सामान ल्याउन भान्सामा पठाएछ । ऊ भित्र पसेछ । पछि उनको आमा बाटुले गाली गर्नुभएछ । आमाकै पछाडि लागेर अर्को छोरा भरतले सालको लौरीले निलडाम हुने गरी पिटेछ । साँझ गोठालाबाट फर्कंदा रोइरहेको देखें । शरीर हेर्छु जताततै निलडाम । त्यो रातभर निदाएन । रोएरै रात बितायो । भोलिपल्ट (बिहीबार) शरीर सुनिन थालेपछि क्षेत्रीय अस्पताल कालागाउँ ल्याएँ । र, उपचार गरें । हिजोसम्म उपचार गर्नैमा ठीक्क भो । गर्मीमा उसलाई धेरै हिँडाउन मिलेन ।’
घटना वृतान्त सुनाउँदै भीमबहादुरकी आमा जयसरा ।

शुक्रबार जिल्ला प्रहरी कार्यालयमा भेटिएकी उनले कथित माथिल्लो जातिकी बाटु शाही र उनका दुई छोरा चक्रबहादुर, भरतविरुद्ध हदैसम्म कारबाहीको माग गर्दै उजुरी दिइन् । प्रहरीले जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन २०६८ बमोजिम उनको उजुरी दर्ता गरेको छ । नौ वर्षको छोरामाथि सामान छोएकै निहुँमा निर्घात कुटपिट गरेपछि जयसरामा अहिले छटपटी छ । ‘अपांग श्रीमान् दुई/चार पैसा कमाउन विदेश हुनुहुन्छ । यहाँ गाउँमा गरिब, दलित भएकै कारण हामीले दिनैपिच्छे अपमानित हुनुपरेको छ’ जयसराले दलित हुनुको पीडा पोखिन्, सानातिनो अपमान त कति सह्यौं सह्यौं । यसपल्ट त छोराले घरभित्र पठाउने, आमाले कुट्न लगाइछिन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger