दुई वर्षका लागि १८ महिनाअघि वैदेशिक रोजगारमा गएका सुज्र्याका श्रीमान् विष्णुबहादुर बुढाले पटक पटक गरेर रु सात लाख ८३ हजार पठाएका थिए । तर नगद कुनै नराखेर अर्कैसंग हिँडेपछि दुई वर्षको नाबालकसहित युकेजीमा पढ्ने दुई छोरा अहिले बिचल्लीमा परेका पीडितका आफन्त भक्तबहादुर बुढाले बताउनुभयो ।
पीडित विष्णुबहादुर बुढा हाल कतारमा छन्, उनी नेपाल आउन अझै ६ महिना बाँकी रहेको आफन्त भक्तबहादुर बताउँछन् । अहिले सुज्र्या बुढा र मीनबहादुर रावत दुवैलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले नियन्त्रणमा लिएको छ ।
पीडित पक्षधरले बुढाले हालसम्म बालबच्चा पालेको, घरमा बस्दा विविध क्षेत्रमा खर्च भएको रु तीन लाख छुटृाएर रु चार लाख ८३ हजार नगद फर्काउन माग गरेका छन् । रकम के कति हो भन्ने कुराको जानकारी लिन खोज अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 
Post a Comment