Latest Updates :

यी युवतिलाई बिहे गर्नुस्, १२ सय करोड लैजानुस्


SHARE THIS POST :
एजेन्सी / हङकङका एक अरबपति ब्यवसायीकी छोरीसँग बिहाह गर्नेले १२ सय करोड रुपैयाँ पाउने भएका छन्। तर उनले यसको लागि एक अनौठो सर्त राखेका छन्। संचारमाध्यमहरुका अनुसार ति बिजनेसम्यानले यस्तो घोषणा गरेका हुन्। विजनेसम्यान सेसिल चाउले आफ्नी छोरी जिगी चाउको ४ बर्ष पहिले बिहेको लागि प्रस्ताव ल्याएका थिए। तर छोरीले उनको प्रस्तावलाई बेवास्ता गरेकी थिइन्। त्यसपछि उनका पिता तनाबमा परेका थिए। ४ बर्ष सम्म कुर्ता पनि बिहेको लागि जिगी तयार नभएपछि सेसिलले यस्तो घोषणा गरेका हन्।

४ बर्ष पहिले पिताले उनको बिहेको लागि कुरा गर्दा छोरीले आफू पुरुषहरु प्रति आकर्षित नभएको बताएकी थिइन्। केहीले जिगी लेस्वियन भएको र उनले विहे गर्न नमानेको बताएका छन्। २०१२ मा जिगीका पिताले हैरान भएर भनेका थिए, ‘मेरी छोरीलाई बिहेको निम्ति मनाउनेलाई ४ सय करोड दिन्छु।’ फेरी उनले यतिबेला १२ सय करोडको घोषणा गरेका हुन्। जिगीसँग विहे गर्नको लागि अहिले सम्म २० हजारले प्रपोजल दिएका छन्। तर उनले सबैलाई रिजेक्ट गरेकी छन्। जिगीले सार्वजनिकरुपमा आफु लेस्वियन भएको र ९ बर्षदेखि कसैसँग रिलेसनसिपमा भएको बताएकी छन्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger